खेलकुद

श्रीलंकामाथि पाकिस्तान हाबी

- एएफपी, सारजहा

कार्तिक ४, २०७४-पाकिस्तानले शुक्रबार राति वान डे क्रिकेटमा लगातार आठौं जित आत्मसात् गरेको छ । यसका लागि उसले श्रीलंकामाथि हाबी रहने क्रममा सात विकेटको जित निकालेको हो । 

पाकिस्तान ११ ओभरको खेल अगाडि नै विजयी रह्यो र यससँगै ५ खेलको सिरिजमा ४–० को अग्रता लिन सफल रह्यो । अब सिरिजको अन्तिम खेल आइतबार हुनेछ । 

पहिले ब्याटिङ गरेको श्रीलंका ४३.४ ओभरमा १ सय ७३ रन बनाएर अलआउट भयो । जवाफमा पाकिस्तानले ३९ ओभरमा तीन विकेट गुमाएर १ सय ७७ रन बनायो ।

प्रकाशित: कार्तिक ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार