खेलकुद

मेसीको सयौं युरोपेली गोल

- एएफपी, पेरिस

कार्तिक २, २०७४-लियोनल मेसीले आफ्नो सयौं युरोपेली गोलको उपलब्धी हात पारेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले बुधबार राति ओलम्पियाकोजलाई ३–१ ले हराएको छ । 

समूह डी को खेलमा बार्सिलोना दोहोरो पहेंलो कार्डमा जिरार्ड पिकेलाई गुमाएयता दस खेलाडीमा सीमित रहेर खेल्न बाध्य रहेको थियो । अर्जेन्टिनी खेलाडी मेसीले फ्रि किकबाट सुन्दर गोल गरेका हुन् । 

समूहको अर्को खेलमा युभेन्ट्सले स्पोर्टिङ सीपीलाई २–१ ले पराजित गर्न सफल रह्यो । लिग तालिकामा बार्सिलोनाको तीन खेलबाट नौ अंक छ र शीर्ष स्थानमा छ । उसको पछाडि युभेन्ट्स छ अंकमा रहेको छ । 

प्रकाशित: कार्तिक २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार