खेलकुद

पाकिस्तानलाई वान डे सिरिज

- एएफपी, दुबई

कार्तिक २, २०७४-पाकिस्तानले तेस्रो डे नाइट वान डेमा बुधबार राति श्रीलंकालाई सात विकेटले हराएको छ । यस जितपछि ५ खेलको सिरिजमा पाकिस्तान ३–० ले अगाडि रह्यो र सिरिज जित्न सफल रह्यो ।  

पहिले ब्याटिङ गरेको श्रीलंकाले सेख जयेद स्टेडिममा ४८.२ ओभरमा अलआउट हुन अगाडि २ सय ८ रन मात्र बनाउन सक्यो । त्यसमा पेसम्यान हसन अलिले ५ विकेटको प्रदर्शन गरे । 

जवाफमा पाकिस्तानले ४२.३ ओभर मात्र उपयोग गरेर तीन विकेटमा २ सय ९ रन बनाउन सफल रह्यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले शतकीय इनिङ्स खेले । यसै खेलबाट उनले वान डे क्रिकेटमा डेब्यु पनि गरे । 

प्रकाशित: कार्तिक २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार