समाचार

६ दिनका लागि रसुवागढी नाकामा आवतजावत रोकियो, केरुङका नेपाली फर्काइए

- बलराम घिमिरे, रसुवा

कार्तिक १, २०७४-चिनियाँ पक्षले रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाएका छन् । 

चिनको केरुङदेखि रसुवागढीसम्मको के ८१ र के ८७  सडक खण्ड मर्मत गर्नु पर्ने भएकाले मंगलबारदेखि ६ दिनका लागि आवतजावत गर्न रोक लगाएको जानकारी चिनियाँ अधिकारीले दिएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए । उनका अनुसार १९औं चिनियाँ नेसनल कंग्रेसको सभा भएकाले अक्टोबर १७ देखि २२ सम्म रोक लागाइएको हो । तर, चिनियाँ पक्षले भने भारी वर्षा र ठूलो पहिरोका कारण सडक असुरक्षित भएको र मर्मतका लागि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने भएकाले रोक लगाएको बताएको छ । 

आवत जावतमा रोक लगाएको जानकारी केरुङ पोट एडमिनिस्ट्रेसन कमिटीबाट आएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन् । केरुङमा रहेका सम्पूर्ण नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए । 

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार