समाचार

राजपा कार्यालयमा महासचिवसहित नेताहरुको धर्ना, समानुपातिक सूची सच्याउन माग

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक १, २०७४-निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची सच्याउन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का दुई महासचिवसहितका नेताहरुले बुधबारदेखि पार्टी कार्यालयमा धर्ना सुरु गरेका छन् ।

समानुपातिक सूचीमा पार्टीभित्रको मर्यादाक्रमअनुसार सच्याउन मागसहित महासचिव केशव झा, पेशल ढकाललगायत एक दर्जनको संख्यामा नेताहरु राजपा केन्द्रीय कार्यालय बबरमहलमा धर्नामा बसेका हुन् । कान्तिपुरसँग कुरा गर्दै महासचिव झाले पार्टी नेतृत्वले मनोमानी ढंगले समानुपातिक सूची तयार पारेकोले संशोधन नगरेसम्म धर्ना जारी राखिने बताए । उनले तिहारको भाइटीकाको दिनसम्म धर्ना दिँदा माग सम्बोधन नभए त्यसपछि रिले अनशन सुरु गरिने चेतावनी दिए ।

धर्नामा केन्द्रीय सदस्य बीपी यादव, दीपक झा, दीपेन्द्र अग्रवाल तथा विद्यार्थी र युवा संगठनका पदाधिकारीहरु सहभागी छन् । मध्यान्ह १२ बजे सुरु धर्ना दुई घण्टासम्म जारी रहने महासचिव झाले बताए । 

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । 

यस्ता छन् धर्नामा बसेकाहरुको माग   

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार