खेलकुद

लिभरपुल ७-० ले विजयी

- रोयटर्स, लन्डन

कार्तिक १, २०७४-प्रिमियर लिगको टोली लिभरपुलले युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा मारिबोरलाई ७-० ले पराजित गरेको छ । खेलको सुरुआती मिनेटदेखि आक्रामक देखिएको लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई-दुई गोल गरे । अन्य गोल फिलिपे कौटिन्हो, एलेक्स अकसलेड चेम्बरलिन र ट्रेन्ट एल्क्जेन्डर आर्नोल्डको नाममा रह्यो । 

समूहको अर्को खेलमा स्पार्टाक मस्कोले सेभियालाई ५-१ ले पराजित गर्यो । उसको जितमा क्विन्ची प्रोमेसले दुइ गोल गरे । 

समूह 'ई'मा समान ५/५ अंक बोकेका लिभरपुल र स्पार्टाक समुहको शीर्ष स्थानमा छन् भने ४ अंक जोडेको सेभिया तेस्रोमा छ । 

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार