खेलकुद

टोटेनहम र रियल बराबरीमा

- रोयटर्स, रोयटर्स

कार्तिक १, २०७४-युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुआतमा दबाब सिर्जना गरेपनि रियलले गोल गर्न सकेन । राफेल भारानेको आत्मघाती गोलमा टोटेनहमले अग्रता कुएजी थियो । सर्ज औरिएरले टोनी क्रुसलाई बक्सभित्र लडाएपछि रियलले पेनाल्टी पायो ।  उक्त पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेललाई बराबरमा ल्याए । 

समूहकै अर्को खेलमा अपोएलले बोरुसिया डर्टमुन्डलाई १-१ को बराबरीमा रोक्यो । समूहको शीर्ष दुई स्थानमा रहेका रियल र टोटेनहमको समान ७/७ अंक छ भने अन्य दुई टोलीले समान १/१ अंक जोडेका छन् । 

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार