समाचार

निगमका कार्यकारी निर्देशक खड्कालाई सरुवा गर्न निर्वाचन आयोगले दियो सहमति

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन ३१, २०७४-निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरुवा गर्न अनुमति दिने निर्णय गरेको छ । आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार खड्काको सरुवा गर्न सहमति दिएको हो । 

आपूर्ति मन्त्रालयले असोज २६ गते निर्वाचन आयोगलाई पत्र लेखी निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय झिकाई काममा लगाउन आयोगसंग सहमति मागेको थियो । 

आयोगको सोमबार बसेको निर्वाचन आचारसंहिता सम्बन्धी बैठकले मन्त्रायललाई यस्तो अनुमति दिने निर्णय गरेको हो ।

निगमको जग्गा खरिदको क्रममा भ्रष्टाचार गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले असोज २ गते उनलाई पदबाट बर्खास्त गरेको थियो । लगत्तै सर्वोच्च अदालतको आदेशअनुसार उनी पदमा बहाल भएका थिए ।

 

प्रकाशित: आश्विन ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार