खेलकुद

युरोपको विश्वकप प्लेअफ ड्र आज हुँदै

- एजेन्सी, ज्युरीच

आश्विन ३१, २०७४-फिफा विश्वकप २०१८ को छनोट अन्तर्गत युरोपियन प्लेअफको ड्र मंगलबार स्विटजरल्यान्डको ज्युरिचमा हुँदैछ । प्लेअफमा पुगेका आठ टोलीलाई फिफा वरीयताको आधारमा दुई समूहमा बाँडिएको छ । पहिलो समूहमा शीर्ष चार र अर्कोमा पुछारका चार टोली रहनेछन् । ड्र नेपाली समयानुसार साँझ ५:४५ मा हुँदैछ ।

ड्र समारोहमा पहिलो समूहका टोलीले दोस्रो समुहका टोलीसँग खेल्नेछन् । दुवै समूहबाट एक/एक टोलि गरेर कुल चार खेल हुनेछ । प्लेअफ अन्तर्गत होम र अवेका दुवै खेल नोभेम्बर ९ र १४ मा हुनेछ ।

इटाली, क्रोयसिया, स्विटजरल्यान्ड र डेनमार्क सम्मिलित शीर्ष समूहका टोलीलाई पट १ मा राखिको छ । यस्तै पट २ मा उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र, ग्रिस र स्विडेन छन् । 

विश्वकप अन्तर्गत अन्तरमहादेशीय प्लेअफमा न्युजिल्यान्ड र पेरु खेल्दैछन् भने अस्ट्रेलियाले होन्डुरसको सामना गर्दैछ ।  

प्रकाशित: आश्विन ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार