सूचना प्रविधि

तिहारको लागि नेपाल टेलिकमको बोनस

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन ३१, २०७४-नेपाल टेलिकमले तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विभिन्न छुट दिने भएको छ । 

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । यो योजना भोलि बुधबारदेखि शुक्रबारसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यसैगरी, प्रिपेड र पोष्टपेड दुवै सिम प्रयोगकर्तालाई कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

उसले यो सुविधा २ देखि ९ गतेसम्म लागू हुने जनाएको छ । यो अवधीमा कम्पनीका ग्राहकले टेलिकम नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् । 

कात्तिक भोलि बुधरबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनको लागि आवश्यक पर्ने सीम नि:शुल्क परिवर्तन गरिने टेलिकमले जनाएको छ । 

फोरजी सेवा उपलब्ध भएको काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका नेपाल टेलिकम काउन्टरबाट यो सेवा उपलब्ध हुनेछ । 

प्रकाशित: आश्विन ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार