समाचार

एक दशकपछि कांग्रेसमै फर्किए गच्छदार

  • कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण
- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन ३०, २०७४-मधेस आन्दोलनलगत्तै मधेसी जनाधिकारमा प्रवेश गर्नका लागि कांग्रेस छाडेका विजय गच्छदार १० वर्षपछि पुन: पुरानै पार्टी फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एकीकरण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र जोगाउन कांग्रेससँग एकीकरण गरेको बताए । 

आजैबाट उनले नेतृत्व गरिरहेको पार्टी नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । हिजो हुने भनिएको एकीकरण कार्यक्रम समानुपातिक टिकट बाँडफाँडका कारण ढिलाई भएको हो ।

कांग्रेस स्रोतका अनुसार एकीकरणपछि गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी छ । उनलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमध्ये एकमा मनोनित गर्ने तयारी भएको सभापति देउवा निकट एक कांग्रेस नेताले बताए ।

फोरम लोकतान्त्रिकमा पछि मिसिएका केही नेताले भने कांग्रेससँगको एकीकरण अस्वीकार गरेका छन् ।

एकीकरण कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलसहित अन्य कांग्रेसी नेता तथा कार्यकर्ता र लोकतान्त्रिक फोरमका नेता कार्यकर्ता उपस्थित थिए । 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार