स्वास्थ्य

गर्भावस्थामा ज्वरोले शिशुमा विकार

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २८, २०७४-गर्भावस्थामा तीन र आठ महिनाका बीचमा ज्वरो आए शिशुलाई मुटु र अनुहारसम्बन्धी विकार हुन सक्छ । हालैको एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ, जुन ‘साइन्स सिग्नलिङ’ मा प्रकाशित छ ।

गर्भवतीलाई गर्भधारणको पहिलो तेस्रो महिना ज्वरो आए सन्तानमा मुटु विकारग्रस्त हुने र ओठतालु काटिने जोखिम बढ्छ भन्नेमा अनुसन्धाताहरू धेरै वर्षदेखि जानकार थिए । तर, यस्तो हुनुमा ज्वरो मात्रै जिम्मेवार हुन्छ कि कुनै भाइरस वा संक्रमणले गर्दा हुन्छ भन्नेमा उनीहरू निश्चित थिएनन् । यही पछिल्लो अनुसन्धानपछि भने उनीहरू त्यसको कारणबारे ढुक्क भएका हुन् । गर्भको पहिलो तीनदेखि आठ महिनाभित्र ज्वरो आउँदा शिशुको मुटु र गिजाको विकास प्रभावित हुने रहेछ भनेर उनीहरूले अब प्रमाण पाएका छन् । 

उक्त अध्ययनअनुसार, गर्भको पहिलो तीन महिनामा एसिटामिनोफेनको उचित प्रयोगले आमामा ज्वरोको आशंका कम गर्न सकिन्छ । यसले गर्दा जन्मजात दोषलाई एउटा सीमासम्म रोक्न सकिन्छ । यद्यपि गर्भावस्थामा महिलालाई कुनै औषधि सेवनबाट जोगिने सल्लाह दिइन्छ, तथापि ज्वरो 

कम गर्न एसिटामिनोफेनको उपयोगबाट फाइदा हुन सक्छ । 

प्रकाशित: आश्विन २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार