समाचार

डा. केसीको समर्थनमा भोलि खबरदारी र्‍याली

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा भोलि शनिकार काठमाडौंमा खबरदारी र्‍याली आयोजना हुने भएको छ । १२ बजे माइतीघर मण्डलामा हुने र्‍याली बानेश्वर पुगेर टुंगिनेछ । 

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍याली आयोजनागर्न लागेको हो । 

माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा नगरी आज संसद अन्त्य हुँदैछ ।

भोलिको दबाव र्‍याली चिकित्सा शिक्षा ऐनको विरोध गर्ने सांसदहरु र भ्रष्टाचारको मुद्दामा केन्द्रित हुने आयोजकले जनाएको छ ।

डा. केसीले १३ औं पटक अनसन सुरु गरेको आज ९ औं दिन हो । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार