समाचार

शिक्षामन्त्रीको कार्यकक्षामा विद्यार्थी संगठनको नाराबाजी

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-संयुक्त विद्यार्थी संगठनले शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै घेराउ गरेका छन् ।  

शिक्षा ऐन (नवौं संशोधन) खारेजीलगायत माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले शिक्षामन्त्री राजीनाम दे, सीटीईभीटीको सम्बन्धन खारेज गरलगायत नारा लगाएका थिए । 

ज्ञापनपत्र बुझाउन भन्दै शिक्षामन्त्री कार्यकक्ष पुगेका विद्यार्थीहरु एक्कासी नाराबाजीमा उत्रिएपछि केहीबेर मन्त्रालयमा तनाव सिर्जना भएको थियो । शैक्षिक सत्र सुरु भएको एक महिना बितेपछि करोडौंको चलखेल गरेर सीटीईभीटीमा सम्बन्धन दिएको, शिक्षा ऐनको नवौं संशोधनले लाखौं विद्यार्थीको भविष्य अन्धकारमा पुर्‍याएको, मेडिकल शुल्कमा मनपरी गराएकोमा आफूहरुको विरोध रहेको अखिल(क्रान्तिकारी)को उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

श्रृंखलाबद्ध शैक्षिक अपराध गर्न थालेकाले आरोप लगाउँदै बिहीबार बसेको संयुक्त विद्यार्थी संगठन बैठकले शिक्षा मन्त्रीलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार