समाचार

दार्जिलिङमा फेरि हिंसा भड्कियो, झडपमा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु

- पर्वत पोर्तेल, काँकडभिट्टा

आश्विन २७, २०७४-दार्जिलिङमा पुन: हिंसा भड्किएको छ । शुक्रबार बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ । 

विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले शुक्रबार बिहानैदेखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो । झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन बढी घाइते छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् । 

झडप जारी छ ।

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार