अर्थ / वाणिज्य

७ लाखका माछा चोरी

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-प्रहरीले गागलफेदीस्थित ‘बस्नेत एण्ड सन्स’ प्रालिको करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको मुर्गी माछा चोरी भएको जनाएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीका अनुसार मंगलबार राति माछा चोरी भएको हो । प्रालिले लामो समयदेखि अर्गानिक तरकारी खेती, बाख्रापालन र गाईपालन गर्दै आएको छ । प्रालिका सञ्चालक जनार्दन खड्काले यसअघि कुखुरासमेत चोरी भएको भन्दै योजनाबद्ध रूपमा गिरोह नै सक्रिय भएको बताए । ‘व्यावसायिक रूपमा खसी, बाख्रा, गाईपालन गर्दै आएका छौं,’ उनले भने, ‘यस पटकदेखि माछापालन गर्न थालेका हौं । करिब २२ हजार माछा चोरी भएको छ ।’ निरीक्षक बुढाथोकीले चोरको खोजी कार्य भइरहेको बताए ।

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार