देश

‘निर्वाचन उपयोग गर्छौं’

- कान्तिपुर संवाददाता , पोखरा

आश्विन २७, २०७४-नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रतिनिधि र प्रदेशसभा चुनावलाई आफ्नो पार्टीले रणनीतिक रूपमा उपयोगको नीति लिएको बताएका छन् । 

पोखरामा बिहीबार सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमा पारित एजेन्डा सार्वजनिक गर्दै उनले भने, ‘विधिवत् दर्ता नै नभएकाले हामीले निर्वाचनमा प्रत्यक्षरूपमा सहभागी हुन मिल्दैन । तर, देशभक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सघाउँछौं ।’ 

एमाले र माओवादी केन्द्रको एकता वाम एकता नभएको भन्दै वैद्यले आलोचना गरे । पाँच दिनसम्म चलेको सम्मेलनले पार्टीमा महासचिवको नेतृत्व रहने व्यवस्था गरेको छ । 

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार