देश

बाढीपीडितलाई पाकिस्तानी सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-पाकिस्तानले नेपालका बाढी प्रभावितहरूको पुन:स्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।

राष्ट्रसंघ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको साइडलाइन वार्तामा पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीले बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए । यसअघि पाकिस्तानी विदेशमन्त्रीले पनि बाढीबाट निधन भएकाहरूप्रति समवेदना व्यक्त गरेका थिए । 

काठमाडौंस्थित पाकिस्तानी दूतावासले बिहीबार विज्ञप्ति जारी गरी नेपाल र पाकिस्तानबीच सरकार तथा नागरिकस्तरमा निकट र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै कठिन घडीमा दुवै देशबीच सधैं साथ र सहयोग रहने उल्लेख गरेको छ । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार