देश

चुरे भावर लोकतान्त्रिकतर्फ

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-चुरे भावर लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक शक्तिहरूसँग चुनावी तालमेल गर्ने भएको छ । अध्यक्ष भूमिराज निरौलाद्वारा बिहीबार जारी विज्ञप्तिमा देश संक्रमणकालमा रहेकाले निकासका लागि लोकतान्त्रिक गठबन्धन छनोट गरेको उल्लेख छ । उक्त दलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार