समाचार

समानुपातिक नाम पेस गर्न निर्देशन

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २७, २०७४-एमाले स्थायी समिति बैठकले आगामी चुनावका लागि समानुपातिक सूचीका लागि सिफारिस भएका नामहरू व्यवस्थित ढंगले पेस गर्न सम्बन्धित मोर्चालाई निर्देशन दिएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सम्बन्धित प्रदेश कमिटी र जनसंगठनलाई ती नाम व्यवस्थित गरी शुक्रबार पेस गर्न निर्देशन दिएको हो । 

बैठकमा निर्वाचन क्षेत्र बाँडफाँट र घोषणापत्र निर्माण कार्यदलको प्रगति विवरणमा समेत छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । मातहत कमिटीले समानुपातिकका लागि अनपेक्षित बढी संख्यामा नाम पठाएको, कतिपय सन्दर्भमा संगठन पद्धतिभन्दा बाहिर गई सिफारिस गरेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि पोखेका थिए ।

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार