समाचार

१५ किलो चाँदीसहित भारतीय पक्राउ

- कान्तिपुर संवाददाता , महोत्तरी

आश्विन २६, २०७४-जनकपुरबाट भारततर्फ मोटरसायकलमा जाँदै गरेका एक भारतीय नागरिकलाई १५ किलो चाँदीसहित प्रहरीले पक्राउ गरेको छ । भारतको सितामरही जिल्लास्थित परियार प्रखण्डको सिरसियाका २९ वर्षीय मुकेश कुमार महतो सुडीलाई पक्राउ गरेको हो । 

महतो बिआर०६एएच ९२३९ नम्बरको भारतीय मोटरसाइकलमा भारतर्फ जाँदै गरेको अबस्थामा मनरा सिस्वा नगरपालिका ४ मनरामा गस्तिमा खटिएको प्रहरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चाँदी बरामद भएपछि नियन्त्रणमा लिइएको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । 

महतोले सेतो कपडाको गोजी नै गोजी भएको इष्टकोट लगाएर २ किलो ५ सय ग्रामको ६ वटा काँचो चाँदी भरिएको प्लाष्टिकको प्याकेट राखेर माथिबाट लुगाएको अबस्थामा नियन्त्रणमा लिएको उनले सुनाए । 

उनलाई बरामद चाँदीसहितको सामग्रीसहित महतोलाई कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक कडायतले बताए । 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार