समाचार

डा. केसीको सभामुखलाई अपिल–‘विशेषाधिकार प्रयोग गरी विधेयक पेश गर्नुस्’

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २६, २०७४-आमरण अनसन बसेको ८ औं दिन बिहीबार डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै सभामुख ओनसरी घर्तीलाई सार्वजनिक अपिल गरेका छन् । उनले सभामुख घर्तीले विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने धारणा राखे । 

‘तपार्इंले जनताको लागि काम गर्ने हो । कुनै नेता वा व्यक्तिको लागि होइन’, डा. केसीले भने,‘आम नेपालीको स्वास्थ्य स्तर उकास्न विधेयक विशेषाधिकार प्रयोग गरी संसदमा प्रस्तुत गर्नुहोस् ।’

उनले माथेमा प्रतिवेदनको भावना अनुरुप चिकित्सा शिक्षा विधेयक पास नगरे अहिलेसम्मको सबै उपलब्धी गुम्ने खतरा रहेको बताए । 

डा. केसीले ठूला पार्टीका शिर्ष नेताहरुसमेत यसविरुद्ध लागेको बताए । उनले रणनीतिक रुपमा चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत नगर्ने खेलमा ठूला राजनीतिक दलले साथ दिएको आरोप लगाए ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार