फोटोफिचर

तिहारको बेला ढकमक्क फुलेका सयपत्री [फोटोफिचर]

- विमल खतिवडा, चितवन

आश्विन २६, २०७४-चितवनको भरतपुर महानगरपालिका-७ स्थित उज्वल टोलमा ढकमक्क सयपत्री फूल फुलेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सयपत्री फूल खेती समूहले व्यावसायिक रुपमा फूल लगाएको हो । अहिले विवाह, पूजापाठका लागि माला उनेर बिक्री गर्ने गरिएको भए पनि काग तिहारबाट तिहारका लागि फूल बिक्री गर्ने अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए । ३० हजार माला बिक्री गर्ने लक्ष्य भए पनि ४५ हजार माग आएको उनले सुनाए । अहिले सयपत्री फूल ढकमक्क फूलेको छ । फूलको बगैंचाले सबैलाई मोहित बनाउँछ । पहिलो पटक बगैंचा पुग्नेहरु फोटो नखिची फर्कंदैनन् । यसको मुख्य बजार चितवन जिल्ला नै हो । त्यसपछि गोरखा र गैंडाकोट समेत माला र फूल पठाइन्छ । समुहमा २८ जना छन् । डेढ विघा जग्गा भाडामा लिएर फूल लगाइएको छ ।  

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार