समाचार

८५ वर्षीयद्वारा १० वर्षीया बालिका बलात्कृत

- सुदीप कैनी, गोरखा

आश्विन २६, २०७४-भीमसेन गाउँपालिका–६ बोर्लाङमा ८५ वर्षीय वृद्धले १० वर्षीया बालिकालाई पटक/पटक बलात्कार गर्दै आएको खुलासा भएको छ ।

१० रुपैंया नगद दिने प्रभोलनमा बोर्लाङ झिगटेका नुरमहमद् मियाँले बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले जनाएको छ । बुधबार दिउँसो पनि मियाँले बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि मात्र प्रहरीमा खबर पुगेको थियो । प्रहरीले बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । 

परिवारको किटानी जाहेरीपछि बिहिवार मियाविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ  । उनी बुधबार नै प्रक्राउ परेका थिए ।

प्रहरी अनुसन्धानमा उनले बालिकालाई तेस्रो पटक बलात्कार गरेपछि मात्रै घटना सार्वजनिक भएको खुलेको छ । 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार