समाचार

भूमिसुधार कार्यलय प्रमुख पोखरेल १ लाख घूससहित पक्राउ

- अवधेशकुमार झा, राजविराज

आश्विन २६, २०७४-सेवाग्राहीसित एकलाख रुपैयाँ घूस लिँदै गर्दा जिल्ला भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ । 

मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा सेवाग्राहीसित एक लाख घूस लिँदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।

पोखरेलले पछिल्लो एक हप्तादेखि सेवाग्राहीसित मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा घूसको रकम माग्दै आएका थिए । पीडितले अख्तियारलाई जानकारी गराएपछि उनलाई बिहीबार घूसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको छ । घूसको रकमसहित पक्राउ गरिएका पोखरेललाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने प्रहरी उपरीक्षक थापाले जनाए ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार