प्रवास

बाल्टिमोरमा नेपाली विद्यार्थीको निधन

- कान्तिपुर संवाददाता , न्युयोर्क

आश्विन २६, २०७४-बाल्टिमोरमा हालै एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । डेढ वर्षअघि अध्ययनका लागि अमेरिकामा आएका २३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो । 

कँडेलले आफू बस्ने अपार्टमेन्टको कपडा धुने (लौन्ड्री) कोठामा झुण्डिएर आत्महत्या गरेका उनी निकट एक साथीले कान्तिपुरलाई बताए ।  अनपेक्षित तनाव एवं पढाईको चापका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । 

कँडेलको मुल घर गुल्मी रहेको र उनको परिवार हाल काठमाडौंको शंखमुलमा बस्दै आएको छ । केही समययता नेपाली विद्यार्थीहरुमा तनावका कारण आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

डेढ वर्षअघि उनी आलाबामा विश्वविद्यालयमा स्नातक तहको पढाईका लागि अमेरिका आएका थिए । केहि समयअघि मात्र अनुकुलतालाई मध्यनजर गर्दै कँडेल, बाल्टिमोरको कलेज स्थानान्तर भएका थिए । उनी काठमाडौंको चेल्सी एकेडेमीबाट प्लस टु को पढाई सिध्याएपछि अमेरिका आएका थिए । 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार