देश

सानीभेरी नदीमा एक युवा बेपत्ता

- हरि गौतम, रुकुम

आश्विन २६, २०७४-सानीभेरी नदीमा बगेर बेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो रुकुम पश्चिम मुसीकोट नगरपालिका-१३, का अन्दाजी ३५/३६ वर्षीय गोविन्द केसी सानीभेरी नदीमा बगेर बेपत्ता भएका थिए । 

मुग्लुगार खोलाको दोभानमा पुगेर सानीभेरी नदीबाट दाउरा तान्ने क्रममा केसी बगेका थिए । बेपत्ता केसीको बुधबारदेखि नै खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताए । उनका अनुसार वेपत्ता आफन्त, स्थानीयको साथै सिम्ली र पूर्तिमकाँडा चौकीमा कार्यरत प्रहरीहरु पनि खोजीमा जुटेका छन् । 

बुधबार बेलुकासम्म खोजिए पनि कतै फेला पार्न नसकिएपछि बिहीबार बिहानैदेखि पुन: खोजी भइरहेको प्रहरी निरीक्षक रजालीले बताए । 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार