मनोरञ्जन

एन्जोमेन्जो म्युजिक भिडियो

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २६, २०७४-नारायण नेपाल खासमा अंग्रेजीका लेखक/शिक्षक हुन् । अंग्रेजीका पाठयपुस्तक लेख्दै आएका उनका केही उपन्यास पनि निस्केका छन् । अर्कातिर उनी नेपालको पुरानो साहित्यिक विधा सबाईको उत्थानमा लागिरहेका छन् । सबाईका केही पुस्तक ल्याइसकेका उनी गजल लेखनमा समेत क्रियाशील छन् । केही गजल रेकर्ड गराइसकेका उनको एउटा गजलको म्युजिक भिडियो दर्शकश्रोतामाझ आएको छ ।

‘एन्जोमेन्जो मिलाउँछु म नाइँ नभन...’ बोलको गजल कृष्णकुमार खडकाले गाएका छन् । डम्बर ढकालले संगीत गरेको गजलमा अधबैँसे उमेरको प्रेमिल मनको सकसलाई अभिव्यक्ति दिन खोजिएको छ । यसको भिडियो निश्चल केसीले निर्देशन गरेका हुन् । चन्दा, सुयोग, निश्चल र डम्बरले यसमा मोडलिङ गरेका छन् । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार