देश

वडाध्यक्षको मृत्यु

- कान्तिपुर संवाददाता , बैतडी

आश्विन २६, २०७४-दोगाडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएको छ । ५२ वर्षीय विष्टको उपचारका क्रममा मंगलबार भारतको बरेलीमा मृत्यु भएको हो । शुक्रबार गाउँपालिकाको बैठकमै ज्वरो आएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । यहाँ उपचार हुन नसकेपछि भारतको बरेली लगिएको थियो । त्यहीं उनको मृत्यु भएको हो । एमालेबाट वडाध्यक्ष निर्वाचित विष्ट एमाले गाउँपालिकाका उपाध्यक्षसमेत हुन् ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार