खेलकुद

जीएचसीए टोली बंगलादेशतिर

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २६, २०७४-बीकेएसपी यू–१८ कप क्रिकेटमा सहभागिता जनाउन ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) को टोली बंगलादेश गएको छ । बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन १९ सदस्यीय टोली बुधबार त्यसतर्फ गएको हो । ६ टोली सहभागी रहने स्पर्धामा दुई समूह छ । स्पर्धा बुधबार सुरु भएको छ । जीएचसीए टोली प्रशिक्षकमा सुदीप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार