खेलकुद

कल्याणटार सफल

- कान्तिपुर संवाददाता , हेटौंडा

आश्विन २६, २०७४-हटियामा बुधबार सुरु केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिबल प्रतियोगिता कल्याणटार युवा समाजले आग्राको भलिबल टिमलाई २५–२२, २५–१७ को सोझो सेटमा पराजित गरेको छ । हटिया स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिका १७ का वडाध्यक्ष भैरव राईले उद्घाटन गरे । नेपाल चौरमा आयोजित प्रतियोगितामा जिल्लाका १० टिमले भाग लिएका छन् । 

असोज २८ सम्म हुने प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ जित्ने छन् । प्रतियोगितालाई रेडबुल, शिवम् सिमेन्टलगायत विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेको एकेडेमीमा अध्यक्ष छविलाल सुवेदीले वताए । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार