खेलकुद

दोस्रो भ्याली कप

- कान्तिपुर संवाददाता , पाल्पा

आश्विन २६, २०७४-दमकडा फुटबल क्लबको आयोजनामा बुधबार सुरु दोस्रो भ्याली कप प्रतियोगितामा सराई, बाँसटारी र अँगेनी फुटबल क्लब विजयी भएका छन् । सराई फुटबल क्लब कसेनीले संगम फुटब क्लब मदनपोखरालाई ३–० ले हरायो । सराईका कुलबहादुर सारुले २ र सुजन रानाले १ गोल गरे । 

वंशगोपाल फुटबल क्लब बाँसटारीले लाङ्घाली फुटबल क्लबमाथि पाएको ५–१ को जितमा अमोश पुनले २, विवेक पुन, राम थापा र लक्ष्य थापाले १–१ गोल गरे । लाङ्घालीका सुजन थापाले एक गोल गरे । अँगेनीले आयोजक दमकडा फुटबल क्लब ‘बी’ लाई टाइब्रेकरमा ३–२ ले हरायो ।

टाइब्रेकरमा अँगेनीका नीरज घर्ती, मोहन थापा र दीपेश गाहा तथा दमकडाका करण थापा र लोकेन्द्र थापाले गोल गरे । पाल्पा र रूपन्देहीका १६ टिमले भाग लिएका छन् ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार