प्रवास

एनआरएनएमा मलेसियाबाट २ जनाको उम्मेदवारी

  • मलेसियाबाट ११० जना सहभागी हुने
- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २५, २०७४-मलेसियामा कार्यरत भवानी शंकर तिवारी र रमेशप्रसाद तिवारीले गैर आवासीय नेपाली संघको एसिया क्षेत्रीय संयोजक र सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

एनआरएनको अक्टोबरमा १४ देखि १७ सम्म काठमाठौंमा हुने आठौं विश्व सम्मेलनमा उनीहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सम्मेलनमा सहभागी हुन मलेसियाबाट एकसय १० जना आउने भएका छन् । 

उनीहरुले मलेसिया बैदेशिक रोजगारीको प्रमुख गन्तव्य भएकाले उनीहरुका हक हितका लागि र एसियाली मुलुकमा रहेको स–साना पूँजीलाई एकीकृत गरि आर्थिक सबैको आर्थिक विकास गर्ने संघको अवधारणा पूरा गर्न एसिया क्षेत्रको नेतृत्वका लागि अघि बढीएको घोषणा गरे ।

आफुहरुले सबैसँग सहयोग र समन्वयको आशा राखेको भन्दै लाखौं नेपाली भएकाले पनि मलेसिया एसिया प्रशान्त क्षेत्रको नेतृत्वका लागि तयार रहेको पनि बताए । 

मलेसियाबाट एसिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरिएको यो पहिलोपटक हो । संघको केन्द्रीय समितिमा हालसम्म मलेसियाबाट सदस्य बाहेकका मूख्य पदहरुमा आबद्धता छैन ।

मलेसियास्थित संघले आयोजना एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने तिवारीद्वयलाई संघका सल्लाहकार हरि भट्टराई, आईसिसि सदस्य विश्व विक्रम राई, अध्यक्ष खगेन्द्र न्यौपाने र सदस्यहरु लगायत सहभागीले जितका लागि शुभकामना व्यक्त गरे । 

संघका अनुसार मलेसियामा करिब १२ सय सदस्यहरु छन् ।  तीमध्ये ११० जना सम्मेलनमा सहभागी हुनेछन् । सन् २००३ अक्टोबर ११ मा स्थापना भएको यस संघका विभिन्न ७३ मुलुकहरुमा समन्वय समितीहरु छन् । हरेक २ बर्षमा हुने विश्व सम्मेलनमा ती देशहरुबाट हजारौं प्रतिनिधिहरु सहभागी हुने गर्दछन् ।

 

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार