स्वास्थ्य

आँखा पाक्ने रोगबाट बच्ने उपायहरु

- डा. ललित कुमार मिश्र, काठमाडौं

आश्विन २५, २०७४-आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् । 

बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको रोगी भएको सूचक हो । यसलाई चिकित्साको भाषामा 'कन्जक्टीवाईटिस्' भनिन्छ । 'कन्जक्टीवाईटिस्' एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो । 

रोगीको तौलिया या रुमालको प्रयोग गर्नले पनि यो रोग फैलिन्छ । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसित सर्ने हुन्छ । यद्यपी धेरै धुलो, धुवाँ र प्रदूषणबाट पनि यो समस्या हुन जान्छ । 

कारणहरु : ब्यक्तिगत सरसफाईको अभावमा ब्याक्टेरियाको ईन्फेक्सन हुन सक्छ । लामो समयसम्म बिजुली बत्तिमा काम गर्नले पनि आँखामा तनाव हुन्छ । सार्बजनिक स्वीमिङ् पुलमा पौडी खेल्दा संक्रमण हुन सक्छ । आँखामा कन्ट्याक्ट लेन्स सोलुशन, सौन्दर्य प्रसाधनको प्रयोगबाट हुने एलर्जी, कसैकसैमा परिवारको कोहि सदस्यको आँखामा एलर्जी भएमा अन्य सदस्यहरुमा पनि देखिन सक्छ । ब्याक्टेरियल ईन्फेक्सनमा सामान्यत दुबै आँखा प्रभावित हुन्छ । चिप्रा बढि देखिन्छ । भाइरल ईनफेक्सनबाट आँखा पाकेको हो भने एउटै आँखा प्रभावित हुन्छ । 

लक्षण:  आँखाबाट पातलो पानी जस्तो आँसु बगिरहन्छ । उज्यालोमा आँखा तर्मिराउने, पोल्ने हुन्छ । आँसु बग्ने नलीमा अवरोध भएमा पनि आँखाबाट आँशु बगिरहन्छ । एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउने हुन्छ ।  घाममा हेर्न वा बस्न गाह्रो हुनु । प्रकाश सहन नसक्नु । आँखाको ढकनी सुन्निनु, चिलाउनु र जलन हुनु । आँखा भारी हुनु । आँखा पाक्नु, चिप्रा लाग्नु , पिप जम्नु । बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु । 

सल्लाह: आँखा रोग बिषेशज्ञको भनाई अनुसार यस रोगको दौरान ब्यक्तिमा आँखा चिलाउनु, धमिलो देख्नु जस्ता समस्या हुन्छ । यसबाट बच्न प्रशस्त पानी पिउनु राम्रो हुन्छ । यस बाहेक सिजन अनुसारको हरियो साग–सब्जी, ताजा मौसम अनुसारको फलफुलको सेवन गर्नु, प्रर्याप्त मात्रामा निदाउनु आदि पनि यस रोगलाई निवारण गर्नमा मद्दत गर्दछ । चिसो बस्तु – जस्तै काक्राको पातलो सलाईस बनाएर आँखामा राख्नु राम्रो हो । 

बचाव : संक्रमित, आँखालाई छुने वा माड्ने गर्नु हुन्न । धुलो धुवाँबाट बच्ने प्रयास गर्ने । बिषेश गरी जब तपाई दिनभरी काम गरी बेलुकी घर फर्किनु हुन्छ, त्यसपछि एक पटक आँखालाई चिसोपानीले धुनु पर्दछ । अरुको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग गर्नु हुँदैन । मोटर साईकल , स्कुटर चलाउदा सनग्लास को प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिड।गर्दा चश्मालागाएर गर्नु पर्दछ । यस रोगबाट संक्रमित ब्यक्तिबाट टाढा नै बस्ने । आँखामा जोरपर्ने गरि कुनै काम नगर्ने । बिधार्थीको हकमा भने स्कुल नजाने घरमै बसेर केहि दिन आराम गर्ने । प्रभावित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने । घरका अन्य सदस्यले पनि रोगीसंग आँखा नजुदाउने तथा टाँडा नै बस्ने । 

होमियोप्याथिक उपचार : आँखाको लिड सुन्निनु , दर्दम हशुस हुनु, भाँपले सेक्दा अलिक आराम महशुस हुनु , चिसोबाट रोगिको कष्ट बढनु , दिउसोको भन्दा राती र प्रातकालमा समस्या बढ्नु जस्तो लक्षणमा हिपरसल्फर- ३०/ शक्ति लाभप्रद हुन्छ । आँखा पाक्ने अवस्थामा बिरामीलाइ निरन्तर आँखा चिम्ली राख्न ईच्छा हुनु, सामान्य प्रकाश पनि सहन गर्न नसक्नु जस्ता लक्षण देखिएमा कोनियम  ३०/ शक्तिमा प्रयोग लाभदायक हुन्छ । आँखाको लिड रातो र सुन्निएको जलनको साथै मौरीले चिले जस्तो दर्द हुनु, चिसो पानीको प्रयोगले केहि राहत महशु; हुनु जस्ता लक्षण छन् भने – एपिस मेलिफिका -३० / शक्ति सेवन गर्नु उपयोगी हुन्छ । यसबाहेक रोगीको अवस्था (लक्षण) अनुसार अन्य औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । जस्तै- एकोनाट, बेलाडोना, पल्साटिला,  युफ्रेशिया, आर्जेन्टम नाईट्रिकम, ग्रेफाईटिस, फेरमफोस, कालिम्युर, कालिसल्फ, सल्फर, साईलिसिया आदि । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै चिकित्सकसँग सल्लाह लिइ सेवन गर्नु उचित हुन्छ । 

अस्तु ।

Mishradr.lk@gmail.com

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार