अर्थ / वाणिज्य

इन्द्रसरोवरमा पर्यटक आकर्षित

- प्रताप विष्ट, हेटौंडा

आश्विन २५, २०७४-मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवं वाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीयावासीले डुंगा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् । इन्द्रसरोवरमा डुंगामा सयर गर्न काठमाडांैदेखि आउने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । इन्द्रसरोवर गाउँपालिका १ ले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई थान पाइडल बोट (डुंगा) खरिद गरेको छ । सरोवरमा पाइडल बोट सञ्चालन गरेपछि डुंगा चढनेको संख्या हवात्तै बढेको उनले बताए । सरोवरमा अहिले पानीको सतह पनि माथिसम्म छ ।

एउटा पाइडल बोटमा चार जनासम्म चढेर सयर गर्न मिल्छ । सरोवरमा पाइडल बोटमामात्र होइन काठका चालीस वटा डुंगा सञ्चालनमा छन् । भदौको अन्तिमसातादेखि डुंगा सयर गर्न आउनेको संख्या बढेको स्थानीय व्यवसायीले बताए ।

इन्द्रसरोवर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तत्कालीन जिविस मकवानपुरले ४ वर्षअघि १३ लाखको लागतमा २ वटा इन्जिन मोटर बोट खरिद गरी सरोवरका मत्स्य व्यवसायी संघलाई उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणले असुरक्षा र सरोवरका माछाहरू मर्नेलगायतका कारण देखाएर मोटर बोट चल्न रोक लगायो । ती मोटर बोट उपयोगविहीन अवस्थामा छन् । काठको डुंगा र पाइडलबाट चल्ने बोटलाई भने प्राधिकरणले अवरोध पुर्‍याएको छैन, वडाध्यक्ष 

वाइवाले भने ।

काठको डुंगामा एक घण्टा सरोवरमा घुम्ने व्यक्तिलाई ५ सय रुपैयाँ लिने गरिएको छ । पाइडल बोटमा हजार रुपैयाँ लिने सोचमा छौं तर दर तोकिसकेका छैनांै उनले भने । मार्खुस्थित सरोवरमा मज्जा लिनका लागि हेटांैडा, काठमाडांै र वीरगन्जबाट पर्यटकहरू आउने गरेका छन् । ती दुई दिन मार्खुमा रहेका होटल भरिभराउ हुने गरेका छन् । ७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको उक्त सरोवरको सैनिक इलाका क्षेत्रमा डुंगा चलाउन पाइँदैन ।

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार