खेलकुद

यी हुन् सन् २०१८ को विश्वकप खेल्न पाउने अहिलेसम्मका भाग्यमानी २२ टिम

- एएफपी, पेरिस

आश्विन २५, २०७४-अर्को वर्ष रुसमा हुने विश्वकपको छनोटको अफ्रिकालाई छाडेर सबै समूह चरण समाप्त भएका छन् र त्यससँगै २२ टिम अन्तिम चरण पुगेका छन् । आउने विश्वकपको अन्तिम चरणमा ३२ देशको सहभागिता रहनेछ । 

अब छनोटको प्ले अफ बाँकी छ । अहिलेसम्म छनोट हुन सफल देशमा डिफेन्डिङ च्याम्पियन जर्मनी र पाँच पल्टको विजेता ब्राजिलसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोस्टारिका, इंग्ल्यान्ड, इजिप्ट र फ्रान्स छन् । 

यस्तै फ्रान्स, आइसल्यान्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, सर्बिया, दक्षिण कोरिया, स्पेन र उरुग्वेले पनि आगामी विश्वकप खेल्न पाउने छन् । 

रुस आयोजकका रुपमा यसअघि नै विश्वकप खेल्ने पक्का भइसकेको थियो ।

युरोपबाट प्ले अफ खेल्नेमा स्विटजरल्यान्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, उत्तरी आयरल्यान्ड, ग्रिस र गणतान्त्रिक आयरल्यान्ड छन् । प्ले अफ खेल्ने अरु देशमा न्युजिल्यान्ड, पेरु, होन्डुरस र अस्ट्रेलिया हुन् । 

यसैगरी चर्चामा रहेर पनि छनोट नभएका देशमा संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड, चिली, वेल्स लगायतका देश छन् ।

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार