खेलकुद

पानामा पहिलोपटक विश्वकपमा, अमेरिका बाहिरियो

- रोयटर्स, कोउभा

आश्विन २५, २०७४-ट्रिनिडाड एण्ड टोबेगोसँग आश्चर्यजनक हार बेहोरेपछि संयुक्त राज्य अमेरिका आगामी विश्वकपमा नहुने भएको छ । बुधबार ट्रिनिडाडको घरेलु मैदानमा अमेरिका २-१ ले पराजित हुँदा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका छनोटबाटै बाहिरिएको हो ।

पानामाले छनोट भइसकेको कोस्टारीकालाई २-१ ले पराजित गर्दै पहिलोपटक विश्वकपमा छनोट भयो । त्यसैगरी शीर्षस्थानमा रहेको मेक्सिकोलाई ३-२ ले पन्छाउँदै होन्डुरस पनि प्लेअफमा स्थान बनाउन सफल रहयो ।

खेलको सुरुआतमा तेस्रो स्थानमा रहेको अमेरिकालाई छनोट हुन् एक अंक आवश्यक थियो । तर अन्य खेलमा पनि अनुकुल नतिजा नानिस्किँदा अमेरिका सन् १९८६ यता पहिलो पटक विश्वकप खेल्नबाट बन्चित हुन पुग्यो ।

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार