खेलकुद

पोर्चुगल र फ्रान्स विश्वकपमा

- एएफपी, गवाहटी दुबाई

आश्विन २५, २०७४- युरोपेली विजेता पोर्चुगल र फ्रान्स आउने विश्वकपका लागि मंगलबार छनोट भएको छ । युरोपको अर्को फुटबल महाशक्ति नेदरल्यान्ड्स भने अभाग्यशाली रह्यो र सन् २०१८ को विश्वकपबाट बाहिरियो । 

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले लिस्बनमा स्विट्जरल्यान्डलाई २–० ले हरायो । छनोटमा खराव सुरुआत गरेको फ्रान्सले भने बेलारुसलाई २–१ ले पन्छायो । 

नेदरल्यान्ड्सले स्विडेनलाई २–० ले हराएपनि त्यो प्ले अफका लागि छनोट हुन पनि पर्याप्त रहेन् । 

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार