खेलकुद

अस्ट्रेलियाले गर्‍यो सिरिज बराबर

- एएफपी, गवाहटी

आश्विन २५, २०७४-अस्ट्रेलियाले दोस्रो ट्वान्टी-ट्वान्टीमा मंगलबार भारतलाई ८ विकेटले हराएर तीन खेलको सिरिजलाई १–१ को बराबरीमा ल्याएको छ ।

पहिले ब्याटिङ गरेको भारतले कमजोर ब्याटिङ गर्दै २० ओभरमा अलआउट हुन अगाडि १ सय १८ रन मात्र बनाउन सक्यो । जवाफमा पाहुना टिमले २७ बलको खेल बाँकी छँदै दुई विकेट गुमाएर सजिलै जितसम्म पुग्यो । 

अस्ट्रेलियाका लागि मोइस हेनरिक्सले नटआउट रहेर सर्वाधिक ६२ रन बनाए । अब तेस्रो तथा निर्णायक खेल शुक्रबार हैदरावादमा हुनेछ । 

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार