खेलकुद

अर्जेन्टिना विश्वकपमा स्वत: छनौट

- एएफपी, मोन्टेभिडियो

आश्विन २५, २०७४-अर्जेन्टिना र उसको विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी अर्को वर्ष रुसमा हुने विश्वकपमा अनुपस्थिति हुने डर मंगलबार समाप्त भएको छ । मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पायो । 

त्यसमा मेसीले ह्याट्रिक गरे । दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउनेमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो । 

उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ । ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ । 

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार