खेलकुद

श्रीलंकाद्वारा पाकिस्तान पराजित

- एएफपी, दुबई

आश्विन २४, २०७४-अफ स्पिनर दिलरुवान परेराले पाँच विकेट लिएपछि ५ विकेटको प्रदर्शन गरेपछि श्रीलंकाले पाकिस्तानलाई दोस्रो टेस्टमा ६८ रनले हराएको छ । यससँगै श्रीलंकाले दुई टेस्टको सिरिज २-० ले जितेको छ । परेराले ९८ रन खर्चेर ५ विकेट लिए । 

यस्तोमा जितका लागि ३ सय १७ रन पछ्याइरहेको पाकिस्तान दुबाई स्टेडियममा पाँचौ तथा अन्तिम दिन २ घन्टाको खेलपछि २ सय ४८ रनमा अलआउट भयो । पाकिस्तानका लागि असद सफिकले मात्र संघर्ष गर्ने प्रयास गरे । 

उनले १ सय १२ रन बनाए । यो उनको ११ टेस्ट शतक रह्यो । उनले छैटौं विकेटका लागि ६८ रन बनाएका सरफराज अहमदसँग १ सय ७३ रनको साझेदारी गरे । श्रीलंकाले त्यो साझेदारी तोडेयता श्रीलंकाको जित औपचारिक मात्र रह्यो । 

प्रकाशित: आश्विन २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार