खेलकुद

आइसल्यान्ड पहिलोपटक विश्वकपमा, सर्बिया पनि छनोट

- एएफपी, एजेन्सी

आश्विन २४, २०७४-विश्वकप छनोट अन्तर्गत सोमबार कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट भएको छ । गिल्फी सिगर्डसन र आरोन गुडमुनसनको गोलमा पाहुना टोली अाइसल्यान्डले जित दर्ता गर्‍यो ‌। लगभग ३ लाख ३० हजार जनसङ्ख्या भएको अाइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । अान्द्रे क्रामारिचको दुई गोलमा क्रोएसियाले युक्रेनलाई २-० ले हराउँदै प्लेअफ स्थानमा पुग्यो ।

सर्बिया पनि सोमबार जितका साथ विश्वकपमा छनोट भयो । एलेक्जेन्डर प्रिजोभिचको ७४ मिनेटको गोलसँगै सर्बियाले जर्जियालाई १-० ले हरायो । यता अायरल्यान्डले वेल्सलाई १-० ले हराउँदै समूहमा दोस्रो स्थान कब्जा गर्‍यो ।

विश्वकपमा छनोट भइसकेको स्पेनले इजरायलमाथि १-० को जित निकाल्यो । आसिअार इलारामेन्डिले खेलको एकमात्र गोल गरे । एन्टोनियो क्यान्ड्रेभाको गोलमा इटालीले अल्बानियालाई १-० ले हरायो ।

प्रकाशित: आश्विन २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार