समाचार

विजय गच्छदार नेपाली कांग्रेसमै फर्कँदै !

- कुलचन्द्र न्यौपाने, काठमाडौं

आश्विन २३, २०७४-नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको हो ।

नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषण गरिने छ । स्रोतले भन्यो, 'आज ३/४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको छ ।'

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । 

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । 

प्रकाशित: आश्विन २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार