प्रवास

एमाले विदेश संगठन कोरियाको अध्यक्षमा परशुराम सापकोटा

- कान्तिपुर संवाददाता , सोल

आश्विन २३, २०७४-नेकपा एमालेका विदेश संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आइतबार सम्पन्न छैटौं अधिवेशनले परशुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपालबाट आएका नेकपा एमाले पोलिट व्यूरो सदस्य वृन्दा पाण्डेको प्रमुख आतिथ्यमा  सम्पन्न अधिवेशनले सर्वसम्मत २६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नव कार्यसमितिमा उपाध्यक्षत्रय लाल बहादुर साउद , टेकबहादुर पुन र विष्णु उपाध्याय रहेका छन् भने समरदीप चौलागाईं महासचिव र हरी शंकर भण्डारी र दीपेन्द्र अधिकारी सचिवमा चयन भएका छन् । नेत्र चौधरी कोषाध्यक्ष र दुर्जहाङ्ग लिम्बू सह कोषाध्यक्ष लगायत १७ जना सदस्यमा रहेका छन् ।

प्रकाशित: आश्विन २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार