ब्लग

संस्मरण : हवाई यात्राका रोमाञ्चक क्षणहरु !

- नरेन्द्रराज पौडेल, काठमाडौं

आश्विन २२, २०७४-

०५८ साल कार्तिक दोस्रो हप्ताको कुरा । गृह मन्त्रालयको खटनअनुसार आफू कार्यरत विशेष प्रहरी विभागको सहसचिवबाट जनकपुरको सिडिओको लागि सरुवा पूर्जी लिएको थिएँ । दुईचार दिन अघिदेखि धाम्मधुम्म गर्दैआएको मौसम हिंड्ने बेला सिमसिम पानीमा परिनत भइसकेको थियो । लौ राम्रै साइत पर्‍यो भन्ठानेर बाटा लागेको, एयरपोर्टको प्रतीक्षालयमा भित्रिएपछि दुइ चार जना अर्धपरिचित यात्रु भेटिए । गफका साथी त खाली भएनन् तर चीसा कुर्सीमाथिको लामो कुराइले जिउ सिताङ्ग बनायो । पेटले गाईगुइा गर्दै विद्रोहको तयारी–सङ्केत दिन थाल्यो । समयमै त्यसको सम्बोधन त गर्नै पर्‍यो, नत्र भाँडिएर आन्दोलको हर्कत देखायो भने वीचबाटैमा बिचल्ली हुन के बेर ! ” मन लागिनलागी करबलले महंगो कफीशपमा चुस्किंदै र गफिंदै पट्यारिलो दिनको उराठिलो समय बिताएको थिए । झण्डै सवा घण्टा कुरेपछि बल्ल टर्मिनलबाट बोलावट आएथ्यो । बोर्डिङ पास देखाउँदै ह्वात्त बाहिर निस्किंदा त एकदमै पो दच्कायो जाडोले । 

 

“हान कात्तिके झरी पनि के यस्तो मापाको हो यस पाला ? । जाडोले त मुटु नै कमायो बा !”  मनमनै गम्दो रहेछु !

सीता एयरलाइन्सको पुण्टे जहाज पो परेछ त्यस दिन । टिकट ल्याइदिने भाइलाई सोधेकै पो रहेनछु मैले त । न त भाइले भनेथे, न त टिकटै हेरेछु । अलि अलि लाज पनि लाग्यो आफैंसंग । 

 

हामी चडेको जहाज काठमाण्डु विमानस्थलबाट गरौं गतिले उडेर कुईक्क पूर्व मोडिएको थियो । मनरा तरेदेखि नै ढल्पल गर्दै बडो कठिनाइसंग उचाइ लिन थाल्यो । आधुनिक प्रविधि र संयन्त्रको कमै प्रयोग भएझैं लाग्ने पुरानो पुस्ताको त्यो जहाज आकार,अनुहार देख्तै भरपर्दो लागिरहेको थिएन ।

 

अलि बेर अघिसम्म थुङ्गा केस्रा बनेर आकाश सजाइरहेको वादल एकैछिनमा बेहद बाक्लिदै र चारै दिशा ढाकेर फैलिंदै गयो र केही छिनमै जुरा ठड्याउादै हाम्रो पिलन्धरे पुतलीमार्का जहाजसंग लुकामारी खेल्न थाल्यो । अलिवेरसम्म त काँठका गाउँबस्ती र फुल्चोकी वरपरका डाँडाकाँडा झल्याकझुलुक देखिंदै थिए तर साँगा नाघेपछिभने अत्यास लाग्दोगरी बादलभित्र पसेर एकाएक जमिनी दृष्यबाट बेपत्तै पो भयो पुण्टे जहाज त । बाक्लो कुहिरो र बादलभित्र पसेर मुसलधारे वर्षा खेपीरहेको बेला “ महाभारत लेकमाथि फलानो जहाज हराएको ” सूचना जारी हुनेमा पर्ने त होइन ? मनमा तराना चले । यदि त्यस्तो अप्रिय सूचना जारी भैहाले त्यो सुनेर परिवार र आफन्तहरुको के हालत होला ? यस्तै शंकाले मन भरङ्ग भयो । शोचसमझ विचलित हुन थाल्यो । संभावित अनिष्ठका चाहिंदा नचाहिंदा शंका उपशंकाहरु मनभित्र हल्चल मच्चाउन थाले । यो कात्तिक मासमा पनि किन मुसल्धारे पानी परेर लडाएका ? बाफिला आक्रोशहरु निरर्थक धुवाँ उडाउादै थिए मनमा । त दिमाग अनियन्त्रित अरबी घोडाझैं पैइयाँ ठोकेर कताकता बुर्कुसी मार्दै थियो । मनमा शुभअशुभ, राम्रानराम्रा तरङ्ग चल्दै थिए । यत्तिकैमा चालीस सालतिर स्थानीय विकास अधिकारी भएर आफू अछाम बसेको झट्ट संझिएछु । त्यतिबेर अफिसियल कामविशेषले नेपालगञ्ज जाँदा पनि झनै रोमाञ्चक हवाइयात्राको फेला  परिएथ्यो ।

चैतको महिना थियो । दिनको तेस्रो प्रहरतिर अछाम जिल्ला अस्पतालका इन्चार्ज दम्पति र म साँफेबगर एयरपोर्ट झरेका थियौं । बयलपटाबाट उँधो लागेदेखि नै सामान्य बेगले हुरी चल्दै थियो । पर्वाह नगरी झर्दै गयौं । तर स्टेशन निस्किदैमा हावाहुरीको बेग ह्वात्तै बढ्यो । पतपती बाक्लो धुवाँ उडेझैं बुढीनदी किनारमा बालुवाको मुस्लो उठेर जमिन ढाकेको देखियो । वरपरका बडेबडे बरपिपल, सल्लो, बाँझलगायत वृक्ष वनस्पतिहरु बेतोडसंग हल्लिरहेका देखिन्थे ।

 

निकै बेगले हावा लाग्दालाग्दै जहाजभित्र बोलाइ पो हाले स्टेशन म्यानेजरले । नाकमुख छोपेर हुर्रिदै बल्लतल्ल जहाजभित्र चड्यौं । हुरीबतास विदो नभएसम्म त पर्खने होला भन्ने सोचेर सीटमा बसेका थियौं । तर क्याप्टेनले बहादुरी देखाउने भएर ट्वीनअट्टर जहाज विमानस्थलबाट हुत्तै उडाए । प्रचण्ड बेगले हावाहुरी लाग्दालाग्दै उडेको जहाज भुई छोड्ने बित्तिकैदेखि नेपालगञ्जतिर चुच्चो तर्स्याएर सैसोला खेल्दै यताउती रन्फनिदै र घरी चङ्गाझैं बत्तिदै तमास गर्न थाल्यो । पृथ्वी आकाश सबैतिर एकछत्र धुलोबाहेक केही देखिन्नथ्यो । जहाजभने कोक्रो झैं शुन्य आकाशमा वरपर तलमाथि हुर्रिदै गर्दथ्यो । कतिबेर कहाँ कुन डाँडोमाथि या रुखको टुप्पामा बजारिएर हाम्रो इहलीला समाप्त पार्ने हो भन्ने भयले आकुलव्याकुल भयौं सबै यात्रुजति । आसन्न मृत्युबोधको पीडा र दु:श्चिन्ताले कतिपय बच्चा महिलाहरु रुन कराउन थाले त कोही भगवानको नाम लिएर गुहार्ने भए । धेरैजसो यात्रुभने आँखा रसिला बनाएर भरोसाको केन्द्र बनेका चालक क्याप्टेनलाई गुहार्न थाले ।

 

जहाज उडेको अलि बेरपछि नै मेरो सिटैनिर बसेका अछाम अस्पतालका डाक्टर झा अलि बढी हडबडाएका थिए । उनी राजधानीको सुरक्षित ठाउँमा बच्चा जन्माउने हिसावले दोजिया श्रीमतीलाई साथमा लिएर काठमाण्डू जान उडेका रहेछन् । विचरा तराईवासी गृहिणी उतिसारो हवाइयात्रामा नपरेकी रहिछन् क्यार ! जहाजमा पस्दैखेरी उनको अनुहार सोहोरिएर मलिन कान्ति र रातो वर्णमा रुपान्तरित हुँदैथियो । जहाज बेतोडले दौडदै भुई छोडेर उड्दा त झनै आत्तिएर छटपटाउन थालेकी थिइन् ।

 

धूलाम्मे आकाशमा एकाएक स्वाट्ट माथिमाथि हुँदैगयो जहाज र महाभारत पहाडमाथि चडेपछि झनझन ढल्पलाउँदै, तलमाथि गरेर अनियन्त्रित हुन थाल्यो । उसैपनि आत्तिएका यात्रुहरुलाई सिटबाट कहिले कोल्टो पारेर झ्याँक्तै कहिले उफार्दै र थचार्दै झनसारो ओर्‍याई गर्न थाल्यो ।  घरी यता पल्टिंदै घरि उता कोल्टिंदै गरेको जहाजमा डाक्टर झा र मभने आत्तिएर बेहाल बनेकी उनकी श्रीमतीलाई समाल्दैमा आजित भएथ्यौं । जहाजको गतिविधिबाट भयाक्रान्त भएर रुवाबासी गर्नेमा अरु पनि धेरै थिए तर आसन्न प्रसवको कारणले गर्दा यी महिलाको अवस्था अरुकोभन्दा कष्टकर र असह्य लाग्दथ्यो । उनका पतिले भरमग्दूर प्रयत्न गरेर समालीरहेका थिए । थप मद्दतकोलागि मैले पनि आफ्नो सीटै छोडेर धुरा लाग्नु पर्‍यो । त्यति बेर जस्तै त्रासपूर्ण अवस्था भएपनि आफू डराएझै बन्ने त चान्स नै रहेन, न त फूर्सद नै भयो । अरुका हालत हेर्ने र आफ्नो अवस्था देखाउने पनि अवसर मिलेन । पत्रैपत्रे डााडाकााडामाथि पुन्टे ट्वीनअटर जहाज तर्साएर हुइाकिदै रह्यो । नेपालगञ्जतिरको बाटै देखिएन छ क्यार ! धेरै बेरसम्म आकाशमा बहकिादै पीङ खेलाएर रमिता गर्न थाल्यो । समय चल्नुसट्टा घस्रिदै गरेर व्याकूल यात्रीहरुलाई अझ सन्त्रस्त बनाइरहेको थियो । आसन्न अनिष्ठको कल्पनाले भयाक्रान्त यात्रीहरु कोही रामनाम जप्दै र लामा लामा सुस्केरा हाल्दै थिए । कोही घरपरिवार आफन्तको संझनामा आासु बगाउादै घुक्का छोडीरहेका थिए ।

 

यात्रुहरुलाई दिनु कष्ट दिएर निकै बेरपछिमात्र बल्लतल्ल बर्दिया राष्ट्रिय निकुञ्जमाथि निस्किएथ्यो त्यो जहाज । त्यता निस्किंदा पनि हावाका शक्तिशाली धक्कामुक्का खान अझै छाडेको थिएन । तै जहाज भने निकै मजबूत रहेछ । कसो हावाको बेगले हिर्काउँदा ढल्पल गर्दै रुखका टुप्पा डााडापहरातिर जोतिन पुगेन । चट्याङले भेटेर कसो आकाशमै चकनाचूर भएन !

बर्दिया निकुञ्जमाथि निस्किएपछि तराइका खोला जङ्गल जमिन राम्रैसंग देखिए । सवै यात्रुमा जहाज सकुशल उत्रिने विश्वास बढ्दै आयो । महिला केटाकेटीहरुमा अत्यास र रुवाबासी अलि कम भयो । निकुञ्जको जङ्गलमाथि यताउता काबा खाएर बल्लतल्ल पूर्वतिर सोझियो र तल तल ओर्लिदै गर्न थाल्यो । अनि रोकीनसक्नु पाराले प्रचण्ड बेगसाथ बत्तिएर झन्नै जमिनमा बज्रिदै गड्याङ्ग आवाजसहित खजुरा एअरपोर्टमा उत्रिएको थियो । फेरि एक पटक यात्रुहरुको सातो लियो अधर्मीले । कतिपय यात्रुहरुभने अझै डराउादै टाउको ठोकेर रुादै निस्किएका थिए । अगिपछि बत्तीस मिनेट लाग्ने सााफे खजुराबीचको आकाशे दूरी पार गर्न त्यस दिन ठ््याक्कै पैंतालीस मिनेट लागेछ ।

 

त्यसै घटनाको सम्झनामा म पनि दिमागी पीङ खेल्दैथिएँ यतिबेर महाभरतकै डाँडामथि । निकै मजबूत स्टीलबडीको गरुङ्गोखाले ट्वीनअटर जहाज थियो उतिबेर साँफे बगरबाट उडेको, तर अहिले आफु चढेको सीता एयरको जहाज प्लाष्टिक मोरेको प्लाइऊडको किस्तीजस्तै अत्यन्त हलुका सत्वहीन लागिरहेको थियो । बेलाबखत पढेसुनेका हवाइ दुर्घटनाका एक एक फेहरिस्तहरु दिमागमा उत्रिएर फिाजारिन थाले । अनेकथरी बेछूकका शंका संसयहरु मनभित्र हुाडलिादै गए । चेतनाभित्रको समय चल्न छोडेर घस्रिन थाल्यो । जतिपटक हेर्‍यो घडीको सुई त्यहिाको त्यहिा । बाहिर जति हेरेपनि कुहिरो बादल मुसलधारे वर्षामात्र देखिन्थ्यो जताततै । मनभित्र धुकचुक पालेर सकसमा विताउादै अनि बेलाबेला कष्टपूर्वक आाखा चिम्लिएर अरुसंग मौन संवादमा हेराहेर गर्दै समय खर्च गरेको थिएँ ।

निकै बेरपछि जहाज चल्दैगरेको सतहबाट छ्यारारार्र गरेको आवाज आयो । यसो झ्यालबाट बाहिर हेरेको– अलि फाटेको देखियो कालो बादलको मेहेरो । महाभारत पहाड नाघेर चुरेतिर ओर्लिदै रहेछ हाम्रो जहाज पनि । बादलको वीचबाट पहाड, खोला, जङ्गल झल्याकझुलुक देखेपछि बल्ल अलि सास पलायो । धर्ती माताको काखको नगिच आइयो भनेर खुशीको सीमै रहेन । अगिसम्म अत्यासले बढेको मुटुको गति विस्तरै सामान्य भयो । नियालेर तल हेर्दा तराईको बिहड जङ्गल कतैसम्म फाँट र थोप्लाथोप्ली बस्ती, हरिया खेत र बाढी भरिएका नदीहरु कुहिरोसंग लुकामारी खेल्दै गरेका देखिए । तर, यता अग्ला डाँडाहरु नाघेर तराईतिर ओर्लिन थालेपछि जहाज झनसारो मच्चिएर तलमाथि सैसोला खेल्न थाल्यो । सवार बच्चा बुढाबुढीभने झन डराउने भए । मोटाघाटा प्रौढ व्यक्तिहरुको त सातो गएझैं लाग्दथ्यो । घरिघरि घुम्दै मच्चिदै घरि फन्का मार्दै र बादलका जुराहरुलाई रैफाँडो पारेर लतार्दै, कहिले चुच्चाले ठुङ माररे पखेटाले बजाउँदै र कतै छेकारो मार्दै पुन्टे जहाज स्वाईस्वाई तल झर्न थाल्यो । यात्रुहरु वाक्कव्याक्क गर्दै कोकोहोलो मच्चाउन थाले । केही बेरमात्र रह्यो यो क्रम ।

बायुबेगले हुर्रिएको जहाज खेत बस्ती नाघेर बल्लतल्ल जनकपुर एअरपोर्टको धावनमार्गको छेउमा पुग्यो । भित्रका यात्रीहरु अझै उकुसमुकुसमा थिए । बाहिरको जमिन देख्नेबित्तिकै हतार गरेर सिटबेल्ट खोल्न थाले । जहाज अझै सन्तुलनमा थिएन कि कसो हो– पहिले धावनमार्ग किनारको जमिनमा पाङग्राले टक्रक्क छोइहेर्‍यो अनि रिसाएझैं फुत्त उड्दै र ड्वाङ्राङ्ग आवाज गरेर धावनमार्गमा बज्रिदै र फेरि उछिट्टिएर माथि तल जमिन टेक्दै छोड्दै गर्न थाल्यो । एक पटक सबै यात्रुको फेरि सातो लियो पुन्टेले । मकै भुटेझैं यताउति छरिएर कुम, पुर्पुरो, नाक र घुँडा ठोक्नेमा परेछन् धेरै यात्रु । सिटको अगाडि बारामा टाउको जुधाउनेमा भने अझै धेरै यात्रु परेछन् । बच्चाबच्ची चिच्याएर वातावरण कोलाहलमय बन्यो । हुँदाहुँदै बल्लतल्ल धावनमार्गको पल्लो छेउमा पुगेर जहाज अलि धीमा गतिमा गुड्दै विसौनीतिर मोडियो र एक छिनपछि टक्क अडियो ।

अबतरण स्थलमा पुगेर सकुशल उत्रिएपछिमात्र बल्ल आङ हलुको भयो । उडेदेखि धुकचुक भएर धमिलिएको र जहाजको असहज गतिसंगै झ्याँक्किएको मन यति बेर आएर बल्ल छ्याङ्ग खुलेथ्यो । बाहिर निस्किँदा सबै यात्रुहरु पसिनाले लथपथ थिए । सबै हडबडाएका र असहज मनस्थितिका लाग्दथे अनि भएभरको धैर्य गुमेका र सातो उडेझैं फुङ्ग अनुहारका देखिन्थे । 

 

हरर फिल्मजस्ता लाग्ने त्रासपूर्ण यात्राका यी सम्झनाहरु भुल्न पाए हुन्थ्योजस्तो लाग्छ जहिलेसुकै पनि ।  तर कसैगरे एक रत्ति नभुलिादो रहेछ । बस !

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार