समाचार

एमाले काभ्रेले उम्मेदवार तोक्ने जिम्मा प्रदेशलाई दियो

- नगेन्द्र अधिकारी, काभ्रे

आश्विन २२, २०७४-नेकपा एमाले काभ्रेले क्षेत्रबाट आएका सिफारिसलाई नै प्रदेशसभा छलफलको लागि पठाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न बसेको बैठकमा सर्वसम्मत हुन नसकेपछि ३० जनाको नाम सिफारिस भएको हो । 

प्रतिनिधिसभा क्षेत्र नं १ का लागि सांसद रामहरि सुवेदी, जिल्ला सचिव नारायण पाण्डे, संग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ का लागि पूर्वअध्यक्ष गोकूल बास्कोटाको नाम एकलौटी सिफारिस भएको छ । वहालवाला सांसद् तथा प्रदेश कमिटी सदस्य विदुर सापकोटाले आफ्नो पनि नाम सिफारिस गर्न बैठकमा कुरा राखे पनि उनको प्रस्ताव अस्वीकृत भएको थियो । 

सापकोटाले प्रतिनिधिसभा सिफारिस कमिटीका संयोजक समेत रहेका पार्टी उपाध्यक्षलाई पनि आफ्नो नाम समावेश गर्न आग्रह गरेका थिए । व्याञ्जुले क्षेत्रीय बैठकमा नाम नआएको दाबी गरे । ‘फोनमा त मलाई ३० जनाले नाम राखिदिनुस् भनेका थिए,’ व्याञ्जुले भने, ‘बैठकमा औपचारिक रुपमा नाम नआएपछि संयोजकले राख्न सक्ने कुरा भएन ।’ प्रचार विभाग प्रमुख हरिशरण दाहालले सापकोटालाई अन्यमा व्यवस्थापन गर्ने गरी सिफारिस भएको बताए । प्रदेशसभा क्षेत्र नं १ मा इन्द्र तामाङ, राजन भुर्तेल, मुकुन्द गौतम, नवीना लामा, दीपक गौतम, ईश्वरी पौडेल, दिलीप तामाङ, ठाकुर बास्कोटा, जेनिश लामा, सम्झना गौतम, हरिकुमार मैनाली घनश्याम लामाको नाम सिफारिस भएको छ । 

प्रदेश सभा क्षेत्र नं २ का लागि रामकृष्ण हुमागाईं, चन्द्र लामा, शेखर लामा, अमित लामा, कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, कृष्णप्रसाद खनाल, पुर्ण पाण्डे, विदुर हुमागाई, विष्णु खनाल, राजन थापाको नाम सिफारिस भएको छ । 

प्रदेशसभा क्षेत्र नं ३ मा स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित टीकाबल्लभ सापकोटा पनि सांसद् पदका लागि सिफारिस भएका छन् । । प्रदेशसभा क्षेत्र नं ३ मा कञ्चन अधिकारी, लक्ष्मण लम्साल, जनार्दन अधिकारी, विदुर सापकोटा र मैना दनुवारको पनि नाम सिफारिस भएको छ । 

प्रदेशसभा क्षेत्र  नं ४ मा हरिदेव गिरी, हरिशरण दाहाल, बसुन्धरा हुमागाईं, कुमार थापा, राधाकृष्ण बस्ताकोटी, कमला अधिकारी, राममाया श्रेष्ठ र कमल तिमल्सिनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ गोमा भुर्तेल, अम्बिका हमाल, लम्बोदर कायस्थ, रमेश पौडेल, रामबहादुर पहरीलगायतको नाम सिफारिस भएको छ । 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार