खेलकुद

नाइजेरिया विश्वकपमा छनोट

- रोयटर्स, उयो

आश्विन २२, २०७४-नाइजेरिया फिफा विश्वकप २०१८ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । शनिबार छनोट अन्तर्गत समूह 'बी' को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरियाले छनोट पक्का गरेको हो ।

जम्बियामा भएको खेलको दोस्रो हाफमा एलेक्स इवोबीले गोल गर्दै नाइजेरियाको जित पक्का गरेका थिए । आर्सनलबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले ७३ औं मिनेटमा गोल गर्दै नाइजेरियाको ५ खेलमा १३ अंक बनाए ।

नाइजेरिया पछिल्लो सात मध्ये ६ विश्वकपमा छनोट भएको छ । सन् २००६को विश्वकपमा नाइजेरिया छनोट भएको थिएन । गत संस्करणमा नाइजेरियाले समूह चरण पनि पार गरेको थियो । 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार