खेलकुद

विश्वकप छनोट - पोर्चुगल र बेल्जियम विजयी

- रोयटर्स, ला भेला

आश्विन २२, २०७४-विश्वकप छनोटमा युरोपको समूह 'बी' अन्तर्गत शनिबार राति पोर्चुगलले एण्डोरालाई २–० ले पराजित गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाएको हो । 

क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले दोस्रो हाफमा एक-एक गोल गरेपछि पोर्चुगलको जित निश्चित भयो । रोनाल्डो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । फरो आइल्याण्ड र लात्भिया गोलरहित बराबरीमा रोकिँदा स्विट्जरल्यान्डले हंगेरीलाई ५-२ ले हराउँदै शीर्ष स्थानमा पकड कायम राख्यो । स्विट्जरल्यान्डको २७ अंक र दोस्रो स्थानमा रहेको पोर्चुगलको २४ अंक छ । अन्तिम चरणको खेलमा शीर्ष दुई टोली भिड्दैछन् । पोर्चुगलले अन्तिम खेलमा स्विट्जरल्यान्डलाई पराजित गरेको खण्डमा समूह विजेता बन्नेछ ।

यसैगरी समूह'एच' अन्तर्गत विश्वकपका लागि छनोट भइसकेको बेल्जियमले बोस्निया एण्ड हर्जगोभिनामा ४-३ को जित दर्ता गर्यो । इस्टोनियालव जिब्राल्टारलाई ६-० ले हराउँदा ग्रिसले साइप्रसलाई २-१ ले पाखा लगायो ।

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार