देश

द्वन्द्वपीडितलाई ५ करोड राहत

- कान्तिपुर संवाददाता , तेह्रथुम

आश्विन २२, २०७४-दस वर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका तेह्रथुमका १ सय ९० द्वन्द्वपीडितलाई ५ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । द्वन्द्वकालका प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा द्वन्द्वपीडित र तिनका परिवारलाई ५ करोड १ लाख रुपैयाँ राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । सशस्त्र द्वन्द्वका क्रममा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी ९ र एक जना कर्मचारीका परिवारलाई यसअघि दिइएको रकममा थप गरी १० लाख रुपैयाँ पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार