देश

कोसी राजमार्गमा खाल्डैखाल्डा

- कान्तिपुर संवाददाता , तेह्रथुम

आश्विन २२, २०७४-मर्मतसम्भारको काम गुणस्तरीय नहुँदा कोसी राजमार्गको चित्रे म्याङलुङ र चित्रे चैनपुर खण्ड जीर्ण बन्दै गएका छन् । धेरै रकम खर्च गरेर कालोपत्रे, ग्राभेल, सोलिङ, नाली निर्माणजस्ता काम गरिएको भए पनि यी काम गुणस्तरहीन हुँदा सवारी सञ्चालन नहुने गरी सडक भत्किएका हुन् । क्षमताभन्दा बढी भार भएका सवारीले पनि सडक भत्काउने गरेका छन् । पूर्वी तराईबाट पहाडमा आउने निर्माण सामग्रीहरू सिमेन्ट, रड, बालुवा, इँटा, गिटी, पुल तथा सडकका भारी सामान, विद्युतका सामानजस्ता अत्यधिक भार बोकेर आउने सवारीले पनि सडकलाई भत्काउने गरेको छ । त्यस्तै पहाडबाट पूर्वी तराई निर्यात हुने गोलिया, तरकारी लगायतका बढी भार बोकेर गुड्ने सवारीले पनि पहाडको सडक भत्काउन मद्दत पुर्‍याएका छन् । 

 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार